Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • भारतमा फेरि लम्ब्याइयो लकडाउन

    भारतमा फेरि लम्ब्याइयो लकडाउन

    अनलाइन नेपाल
  • शनिबार, २० बैशाख २०७७
  • 1.9K
    SHARES

    नयाँदिल्ली । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को रोकथामका लागि भारत सरकारले लगाएको देशव्यापी लकडाउन फेरि लम्ब्याएको छ ।

    भारतमा जारी लकडाउनको समायवधी २ साता थप भएको छ । केन्द्रीय गृह मन्त्रालयले अझै दुइ साता लकडाउन लम्बाउने निर्णय गरेको हो ।



    आगामी ४ मे देखी १७ मे सम्मका लागी नयाँ लकडाउनको मिति तय भएको छ । भारतको गृहमन्त्रालयले ओरेन्ज र ग्रीन जोनमा रहेका क्षेत्रहरुमा भने लकडाउन केही खुकुलो पारिएको छ। हवाईजहाज, रेल, मेट्रोबाट यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । भारतका कुनै राज्यबाट अर्काे राज्यमा यात्रा समेत प्रतिबन्ध लगाइएको छ । ६५ वर्ष माथिका र १० वर्ष मुनिका उमेरका सबैलाई घरबाट बाहिर ननिस्कन विशेष आग्रह गरिएको छ ।



    गृह मन्त्रालयले कोभिड विरुद्ध निर्देशिका जारी गर्दै लकडाउन उल्लंघन नगर्न सबै नागरिकलाई सूचित गरेको छ । तर कोरोना प्रभावको आधारमा ‘रेड जोन’, ‘ओरेन्ज’ र ‘ग्रीन जोन’ भनी सूचित गरिएको छ । सरकारले प्रभावित क्षेत्रमा जमघट तथा सभा सम्मेलनमा पूर्ण रुपमा रोक लगाएको छ । यसवाहेक लकडाउन अवधिभर धार्मिक तथा सांस्कृतिक भेलाहरु पनि प्रतिबन्धित छन् । साथै सवारी साधन आवत जावत रोक्नुका साथै स्कुल, कलेजहरु बन्द गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार