काठमाडौं । हिमालयन एयरलाइन्सको लापरवाहीका कारण नेपाल आउन खोजेका २ सय जनाभन्दा बढी यात्रुहरु साउदी अरबमा विचल्लीमा परेको पाइएको छ ।
अन्तिम समयमा आएर एयरलाइन्सले उडान स्थगित गरेपछि उनीहरु विचल्लीमा परेका हुन् ।
मंगलबारदेखि नै नेपाल आउने टिकट काटेर बसेका उनीहरुलाई एयरलाइन्सले कुनै पनि जानकारी समेत नदिई साउदीको दमाम विमानस्थलमा बोलाएर अलपत्र पारेको हो ।
यता एयरलाइन्सले भन विशेष परिस्थितिका कारण काठमाडौं–दमाम–काठमाडौं र काठमाडौं –रियाद–काठमाडौंको उडान गर्न नसकेको सुचना केहीबेर अघि मात्रै प्रकाशन गरेको छ ।
टिकट काटेकाहरुको पूर्ण रिफन्ड हुने र निशुल्क रिसेड्युलको सुविधा समेत हुने एयरलाइन्सले जनाएको छ ।
Leave a Reply