Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • चप्पल गोदाममा आगलागी अपडेट : मृतक पाँच जनाको पहिचान खुल्यो (नामावलीसहित)

    चप्पल गोदाममा आगलागी अपडेट : मृतक पाँच जनाको पहिचान खुल्यो (नामावलीसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, २८ माघ २०७८
  • 1.2K
    SHARES

    दाङ । दाङको तुलसीपुरस्थित जुत्ता चप्पलको गोदाम भएको भीषण आगलागीबाट मृत्यु भएकाहरुको पहिचान खुलेको छ । गएराती २ बजेदेखि इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा लागेको आगोमा परेर मृत्यु भएका पाँच जनाको पहिचान खुलेको हो ।

    मृत्यु हुनेमा एक महिला, दुई पुरुष र दुई बालबालिकाको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा १५ वर्षीय मसिन बकस, ४० वर्षीय नजरदिन अली, पाँच वर्षीय,अबिददिन अलि, १३ वर्षीया सजिता खातुन र १४ वर्षीय हसन बकसको मृत्यु भएको हो ।



    मृतकहरुको शव जलेको अवस्थामा निकालिएको छ । मृतकको शव अहिले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको प्रहरीले बताएको छ ।



    करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार