Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • एमसीसी पारित गर्न अमेरिकाको दबाब, सत्ता गठबन्धन नै संकटमा

    एमसीसी पारित गर्न अमेरिकाको दबाब, सत्ता गठबन्धन नै संकटमा

    अनलाइन नेपाल
  • शुक्रबार, २८ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर फाइल फोटो

    काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विवादले सत्ता गठबन्धन नै संकटमा पर्ने देखिएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी पारित गरेर अगाडि बढ्न प्रधानमन्त्रीले गरेको आग्रहलाई अस्वीकार गर्नुभएको छ ।



    प्रधानमन्त्री निवास वालुवाटारमा बिहीबार भएको छलफलमा प्रचण्ड र नेपालले चुनावअगाडि एमसीसी जस्ताको तस्तै संसद्बाट पारित गर्न नसकिने बताएका थिए ।



    उता प्रधानमन्त्री देउवाले एमसीसीलाई संसद्मा अनुमोदनको लागि टेबल गराउन चाहे पनि सभामुख अग्निप्रसाद सापकोटाले दलहरूबीच सहमति कायम गरेर मात्र आउन आग्रह गर्दै आएका छन् । एमसीसीको विषयलाई सत्ता गठबन्धनभित्र सहमतिभन्दा विमति बढ्दै गएको छ ।

    कांग्रेसको पदाधिकारी बैठकले एमसीसी पारित गर्ने निर्णय गरिसकेको छ भने सत्ता गठबन्धनमा आबद्ध जसपा जतिसक्दो छिटो एमसीसी पारित गर्नुपर्ने अडानमा छ । गठबन्धनका अन्य दल संशोधनबिना एमसीसी अगाडि बढाउन नहुने अडानमा छन् । यस्तै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे तत्काल निर्णय लिन अमेरिकाले नेपालका शीर्ष नेताहरुलाई दबाब दिएको छ ।

    एमसीसी पारित नभई फिर्ता भए अमेरिकी अनुदान सहयोग चीनले हस्तक्षेप गरेर स्थगित गराएको अर्थमा बुझ्ने चेतावनी दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता संसद्मा टेबल गर्न खोजे पनि सत्ता गठबन्धनभित्रको विवादका कारण अगाडि बढाउन सकेका छैनन् । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार