काठमाडौं। त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ ।
बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको हो ।
यस्तै, कोरोनाको तेस्रो लहर सुरु भएसँगै स्थगित गरिएका परीक्षा समेत संचालन हुने त्रिविले जनाएको छ । मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले १ फागुनदेखि रोकिएका परीक्षाहरु पनि सञ्चालन गर्ने निर्णय गरेको हो ।
हेर्नुहोस् सूचना:
Leave a Reply