Online Nepal
  • बिहिबार, १५ कार्तिक २०८१
  • गृहमन्त्री खाँण र पर्यटनमन्त्री आलेबीच भेटवार्ता

    गृहमन्त्री खाँण र पर्यटनमन्त्री आलेबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २६ माघ २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेबीच कोभिड–१९ प्रभावपछि पर्यटन क्षेत्रको अहिलेको अवस्थाबारे छलफल भएको छ ।

    गृह मन्त्रालयमा आज भएको छलफलमा दुई अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेको अवस्था र समाधान गर्नुपर्ने विषयबारे कुराकानी भएको बताइएको छ ।



    दुई मन्त्रीबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे कुराकानी भएको मन्त्री खाँणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए ।



    भट्टराईका अनुसार गौतमबुद्ध विमानस्थलमा सञ्चालनका लागि ‘क्यालिब्रेसन फ्लाइट’ गर्ने तयारी भइरहेको र त्यसपछि सञ्चालनमा ल्याउने तयारी सरकारको रहेको छ ।

    छलफलमा पर्यटनमन्त्री आलेले कोभिड–१९ पछिको पर्यटनको अवस्था र अब गर्नुपर्ने पक्षबारे गृहमन्त्री खाँणलाई जानकारी गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार