काठमाडौँ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई करिब ८ अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।
निगमका निमित्त नायव कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार मंगलबार निगमले आईओसीलाई सो रकम भुक्तानी गरेको हो । यसअघि जनवरी २३ मा पनि निगमले आईओसीलाई १३ अर्ब बढी भुक्तानी गरेको थियो।
निगमले हरेक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आईओसीलाई रकम भुक्तानी गर्ने गरेको छ । अब आगामी २३ तारिखमा करिब १२ अर्ब रुपैयाँ पठाइने निगमले जनाएको छ ।
निगमले सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको बताउँदै आएको छ । निगमका अनुसार अब मूल्य स्थिरीकरण कोषमा ६ अर्ब रुपैयाँ बाँकी छ । स्वचालित मूल्य प्रणालीअनुसार समयमै मूल्य समायोजनको निर्णय नहुँदा निगमलाई ठूलो नोक्सानी भएको साहको भनाइ छ।
Leave a Reply