Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • १६ वर्षीया किशाेरीको सामूहिक बलात्कार, दुई पक्राउ

    १६ वर्षीया किशाेरीको सामूहिक बलात्कार, दुई पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ बैशाख २०७७
  • 2.3K
    SHARES

    सुनसरी । सुनसरीमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन्। करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका ११ सिमरवना चोक बस्ने १९ वर्षीय त्रिलोचन चौधरीसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

    सोही उपमहानगरपालिकास्थित एकान्त बगैँचा घारीमा गत आइतबार राति ती किशोरीलाई ९ जनाले सामुहिकरूपमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले घटनामा संलग्न चौधरी समेत २ जनालाई पक्राउ गरेको हो ।



    घटनामा संलग्न फरार रहेका अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार