Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • गीताको कसम तोड्ने थापा हिन्दुको नारा लिएर कसरी जनतामाझ जालान् ?

    गीताको कसम तोड्ने थापा हिन्दुको नारा लिएर कसरी जनतामाझ जालान् ?

    अनलाइन नेपाल
  • बुधबार, २६ माघ २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । हिजोमात्रै पार्टी परित्याग गरेको घोषणा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्वअध्यक्ष कमल थापा हिन्दूवादी दल खोल्ने तयारीमा जुटेका छन्। थापाको अबको यात्रा भने राजसंस्था छाडेर हिन्दूवादी दल खोल्नेतर्फ रहेको बुझिएको छ ।

    थापाले मंगलबार विज्ञप्ति जारी गर्दै ‘अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टी छाड्नुपरेको’ उल्लेख गरेका छन् । थापाको घोषणाले सो पार्टीको औपचारिक विभाजन चाँडै हुने देखिएको छ । पूर्वपञ्च पृष्ठभूमिका व्यक्ति मिलेर बनेको राप्रपामा विभाजन भने नौलो कुरा होइन  । दलविहीन पञ्चायती व्यवस्थामा दुई ध्रुवमा विभाजित राप्रपा २०४७ मा स्थापनाको समयदेखि नै दुई पार्टीबाट भएको थियो ।



    तोेडियो ‘गीता’को कसम



    पटकपटक टुटफुटको राजनीतिबाट गुज्रिएको राप्रपाका लागि २८ फागुन २०७६ एउटा विशेष दिन थियो । त्यस दिन कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा संयुक्त, प्रकाशचन्द्र लोहनी नेतृत्वको अर्को समूहबीच पार्टी एकीकरण भएको थियो । समयसमयमा पार्टीमा भएका टुटफुटबाट हैरान भएका राप्रपा कार्यकर्ताहरूमा पार्टी एकीकरणले उत्साह थपेको थियो ।

    तर, त्यो उत्साह लामो समयसम्म टिक्न सकेन । पार्टी एकीकरणपछि राणा, थापा र लोहनीले संयुक्त रूपमा पार्टीको नेतृत्व गरेका थिए ।  पार्टी एकीकरण कार्यक्रममा थापाले त्यस दिन हिन्दुहरूको धर्म ग्रन्थ गीता छोएर पार्टी नफुटाउने कसम खाएका थिए । त्यसलाई बिर्सिंदै उनी अर्कै बाटोमा लागेका छन् ।

    त्यस दिन उनले भनेका थिए, ‘सबै कार्यकर्ता र देश तथा विदेशबाट टेलिभिजन हेरिरहनुभएका, पार्टीलाई माया गर्ने साथीहरूलाई साक्षी राखेर प्रतिज्ञा गर्छु म कहिले पनि पार्टी फुटाउने छैन, तपाईंहरूलाई विश्वास लागेन ? मैले गीता लिएको छु । यो गीतालाई हातमा राखेर कसम खान्छु कि राप्रपालाई कदापि फुट्न दिने छैन ।’

    हेटौंडाको यात्रा

    हेटौंडा जानुअघि थापाले सोमबार राजधानीको सुकेधारामा केन्द्रीय सदस्यहरूको भेला बोलाएका थिए । त्यहाँ उनले आफ्नो माग पूरा गर्न अध्यक्षले चासो नदेखाएको भन्दै निरीह भएर नबस्ने बताएका थिए । स्थानीय चुनावको मिति घोषणाअघि नै पार्टीले यस विषयमा ठोस निर्णय लिनुपर्ने उनको धारणा थियो ।

    त्यसअघि पनि थापाले अध्यक्ष लिङ्देनलाई दुई पटक पत्र लेख्दै छानबिनको माग गरेका थिए । मंगलबार हेटौंडामा गरेको पत्रकार सम्मेलनमा थापाले पूर्वराजाले आफूलाई पिठ्युँमा छुरा हान्ने काम गरेको आरोप लगाए । ‘राजाले नै मलाई अझै १० वर्ष सक्रिय राजनीति गर्नुपर्छ भनेका कारण उम्मेदवारी दिएको थिएँ,’ उनले भने, ‘उहाँले रेस्ट गर भन्नुभएको भए म उठ्दैनथें । मलाई हराएर उहाँले के पाउनुभयो मलाई थाहा छैन ।’

    कसरी जनतामाझ जालान् ?

    हिन्दुहरुको महान् ग्रन्थ गीतालाई साक्षी राखी आम नेपाली जनता र कार्यकर्तासँग कहिल्यै पनि पार्टी नफुटाउने/नछाड्ने प्रतिज्ञा गरेका कमल थापा अब कुन मुख लिएर तीनै जनतासामु हिन्दुबादी नारा लिएर जालान् ? उनको अप्रत्यासित निर्णयले सामाजिक संजालहरुमा यिनै प्रश्नहरु उठिरहेका छन्।

    शास्त्रका अनुसार गीता छोएर खाएको कसम तोड्दा सत्यको नाश हुने बताइन्छ । ‘परापूर्वकालमा गीतालाई सत्यको प्रतिक मानिन्थ्यो । सत्य बोल्नु धर्म मानिन्थ्यो । त्यतिबेला अदालत नहुँदा धर्मलाई सर्वपरी मानिन्थ्यो । गीतामा छोएर कसम खानु भनेको सत्यभन्दा अरु केही बोल्दिन भन्ने हुन्छ। गीताको कसम उलंघन गरे २१ कुलसम्म नास हुने र नर्कमा बास हुन्छ भन्ने शास्त्रमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार