काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाबीच पछिल्लो राजनीतिक घटनाक्रम र एमसीसीबारे छलफल भएको छ ।
आज साझँ नेता कोइराला ओलीलाई भेट्न बालकोट पुगेका हुन् । भेटमा एमसीसी, स्थानीय तहको निर्वाचन र संसद्को गतिरोध अन्त्य गर्ने लगायत पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको नेता कोइरालाले बताए ।
केपी ओली प्रधानमन्त्रीबाट हटेपछि दुई नेताबीच आज पहिलो पटक भेट भएको हो ।
उनीहरुबीच झन्डै साँढे दुई घण्टा भेटवार्ता भएको बताइएको छ । मुलुकको राजनीतिक अवस्था अत्यन्तै पेचिलो बनेको बेलामा भएको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
Leave a Reply