काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेको घोषणा गरेका पूर्वउपप्रधानमन्त्री कमल थापाले भारी मन तथा पीडाबोधका साथ आफूले यस्तो निर्णय गरेको बताएका छन्।
राप्रपाबाट अलग भएको विज्ञप्ति सामाजिक सञ्जालमा शेयर गर्दै थापाले ३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरुप्रति आफूले सदैव गौरव गरिरहने बताएका छन्।
‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु। ३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरुप्रति म सदैव गौरव गरिरहने छु। राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन। सबैको भलो होस् भन्ने कामना गर्दछु,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्।
पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृतिलाई सुधार गरेर पार्टीमै क्रियाशील रहने चाहना भएपनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि अप्रिय निर्णय लिन बाध्य भएको थापाको भनाइ छ।
थापाले विगतमा गीता छोएर कसम खाँदै राप्रपा कहिले नफुटाउने भनेका थिए । तर, आफ्नो हारको कारण निर्मल निवासको हस्तक्षेपका रहेको थापाको आरोप छ।
अत्यन्त भारि मन तथा पिडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु ।३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरु प्रति म सदैव गौरव गरि रहने छु । राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु pic.twitter.com/Y2h37IGgJY
— Kamal Thapa (@KTnepal) February 8, 2022
Leave a Reply