Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • कर्णाली प्रदेश लोकसेवा आयोगले माग्यो ३७३ जना कर्मचारी [विज्ञापनसहित]

    कर्णाली प्रदेश लोकसेवा आयोगले माग्यो ३७३ जना कर्मचारी [विज्ञापनसहित]

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । कर्णाली प्रदेश लोकसेवा आयोगले ३७३ जना कर्मचारी स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

    प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चौथो तहका लागि आयोगले आज विज्ञापन खुलाएको हो । सहायक प्रशासन, प्राविधिक (इन्जिनियरिङ र कृषि), महिला विकास र स्वास्थ्यतर्फ कर्मचारी भर्ना गर्न लागिएको हो ।



    सहायक प्रशासनमा ६५, प्राविधिक इन्जिनियरिङतर्फ १६८ र महिला विकाससँगै स्वास्थ्यतर्फ १४० सिट छ । खुला, महिला, दलित, आदिवासी जनजाति र मधेसी कोटामा सिट छुट्याइएको छ ।



    योग्यता पुगेका उम्मेदवारले नियमित शुल्कमा १६ फागुन र अतिरिक्त शुल्क तिरेर २३ फागुनसम्म दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । एसईई उत्तिर्ण भएरकाहरूले पनि दरखास्त दिन सक्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार