Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • नारायणहिटी दरबारभित्रको बगैँचा र बङ्करको पुनर्निर्माण गरिने

    नारायणहिटी दरबारभित्रको बगैँचा र बङ्करको पुनर्निर्माण गरिने

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालयपरिसरमा रहेको बगैँचा पुनर्निर्माण हुने भएको छ । बगैँचा मासेर रे‚टुरेन्ट सञ्चालन गर्ने निर्णय खारेज भएसँगै बगैँचा पुनर्जीवित हुन लागेको हो ।

    नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र ‚मारक व्यव‚थापन तथा समन्वय सञ्चालक समितिले तत्कालीन राजा महेन्द्रले निर्माण गरेको बगैँचा पुरानै स्वरूपमा निर्माण गर्ने जनाएको छ ।



    सङ्ग्रहालयका प्रवक्ता बुद्धिबहादुर गुरुङले बगैँचालाई थप आकर्षक बनाउने विषयमा छलफल भइरहेको बताए । “त्यत्तिकै छोड्ने हो भने फेरि बेवारिसे हुन्छ, झारपात उम्रिन थाल्छ,” उनले भने, “त्यही भएकाले बगैँचालाई पुनर्निर्माण गर्ने तयारी भएको हो ।”



    नारायणहिटी परिसरको बगैँचा र बङ्करसमेत मासेर बतास समूहलाई रेस्टुरेन्ट बनाउन दिइएको समाचारपछि बगैँचा र बङ्करप्रति आमचासो बढेको छ । त्यही भएर दरबारभित्रको बगैँचा र बङ्करको पुनर्निर्माणले थप आकर्षित हुने अपेक्षा सङ्ग्रहालयको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले दरबारभित्रको ऐतिहासिक बगैँचा र बङ्कर मासेर रेस्टुरेन्ट निर्माणकार्यमा रोक लगाई निर्माणाधीन संरचना तत्काल भत्काउन निर्देशन दिएका थिए । गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार