काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको खोप अभिलेख सार्वजनिक नगर्ने ६ जिल्ला र एक सय नाै स्थानीय सरकारलाई तत्काल मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २१ माघसम्ममा सातै प्रदेश, ७७ वटै जिल्ला र स्थानीय तहहरूलाई मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो ।
सो निर्देशनअनुसार सातै प्रदेश, ७१ जिल्ला तथा ६४४ स्थानीय तहले विवरण उपलब्ध गराएका थिए । तर, हालसम्म विवरण प्रविष्ट गर्न ६ जिल्ला र एक सय नौ स्थानीय तहलाई खोपको मौज्दात यथाशिघ्र अनिवार्य रुपमा प्रविष्ट गर्न निर्देशन दिएको हो ।
यस्तो छ सूचना:
Leave a Reply