Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • रोल्पा विष्फोटः बम डिस्पाेजकाे लागि दाङबाट बाेलाइयाे सेना

    रोल्पा विष्फोटः बम डिस्पाेजकाे लागि दाङबाट बाेलाइयाे सेना

    अनलाइन नेपाल
  • शुक्रबार, १९ बैशाख २०७७
  • 3.2K
    SHARES

    काठमाडाैँ। रोल्पामा जंगलमा बेवारिसे छोडिएको बम विष्फोटबाट ज्यान गुमाएका चार बालबालिकाको शव संकलन हुन नसकेको प्रहरीले जनाएको छ। घटनास्थलमा एउटा नपड्किएको टु ईञ्च मोटार रहेकोले शव सङ्कलन हुन नसकेको प्रहरीको भनाइ छ।

    त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा भेटिएको उक्त बम डिस्पोजल गर्न दाङबाट नेपाली सेनाको टोली बिहान त्यस तर्फ गएको छ। रोल्पामा डिस्पोजल सामग्री नभएपछि दाङको रिपुमर्दन गणबाट सेनाको टोली मगाइएको रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्षमण ढकालले बताए ।



    जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रमुख डिएसपी चित्र बहादुर गुरुङले बम डिस्पोजका लागि आर्मी बोलाइएको र उनीहरू आएर बम डिस्पोज गरेपछि शव सङ्कलन गरिने जानकारी दिएका छन्।



    त्यसैगरी गुरुङले बम घटनास्थलमै थियो वा अन्यत्रबाट खेलाउँदै ल्याए भन्नेमा अनुसन्धान भइरहेको बताए।

    बम विस्फोटमा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ निवासी लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय खत्री, उनकी ११ वर्षीया दिदी विमला खत्री, लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरब नेपाली र ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगीको मृत्यु भएको थियो।

    घटनास्थल २०६२ सालमा तत्कालीन माओवादी र नेपाली सेनाबीच भएको भिडन्त स्थल रहेको खुल्न आएको छ । भिडन्तलाइ ‘दुम्ला भिडन्त’ भनेर चिन्ने गरिन्छ । त्यहाँ भेटिएको टुइन्च मोटरी बम भएको शंका गरिएको छ ।

    तत्कालीन युद्धमा यो बम धेरै प्रयोग गरिएको पाइन्छ । तर, यति लामो समय सम्म बम निस्कृय हुनुपर्ने बताइएपनि यसको वास्तविकता खुल्न सकेको छैन ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार