Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • भारतमा कोरोनाले ११ सय बढीको मृत्यु

    भारतमा कोरोनाले ११ सय बढीको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १९ बैशाख २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा भारतमा पछिल्लो २४ घण्टामा ७५ जनाले ज्यान गुमाएका छन्। याे सँगै मृत्यु हुनेको संख्या १ हजार १ सय ५४ पुगेको हो ।

    भारतमा एकैदिन थप १ हजार ८०१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३४ हजार ८६३ पुगेको छ । भारतमा संक्रमितमध्य ९ हजार बढी उपचारपछि निको भएका छन् । २४ हजार ६४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।



    सार्क मुलुकमा भारत सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा रहेको छ । विश्वमा सबैभन्दा बढी कोरोनाको संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ। एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार १७४ जनाले ज्यान गुमाएका छन् भने १ लाख २० हजार बढी संक्रमित पुगेका छन्।



    एसियाली मुलुकको दोस्रो स्थानमा इरान र तेस्रमा चीन रहेका छन् । इरानमा हालसम्म ९४ हजार ६४० संक्रमित रहेका छन् भने ६ हजार २८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै चीनमा ८२ हजार ८ सय बढी कोरोना संक्रमित छन् भने ४ हजार ६३३ जनाको कोरोनाको संक्रमणबाट ज्यान गएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार