Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • भारतीय सेना प्रमुख नरवणेले भने- हामी भावी युद्धको ट्रेलर हेरिरहेका छौं

    भारतीय सेना प्रमुख नरवणेले भने- हामी भावी युद्धको ट्रेलर हेरिरहेका छौं

    अनलाइन नेपाल
  • शुक्रबार, २१ माघ २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेले भबिष्यमा ठूलो युद्ध हुन सक्ने चेतावनी दिएका छन् । आफूहरु भावी युद्धको ट्रेलर हेरिरहन बाध्य भएको उनको भनाइ छ।

    बीबीसीका अनुसार सेना प्रमुख नरवणेले हिजो एक अनलाइन सेमिनारमा भारतको राष्ट्रिय सुरक्षाका लागि चीन र पाकिस्तानबाट उत्पन्न हुने चुनौतीका बारेमा कुरा गरेका थिए ।



    “भारतले भविष्यमा द्वन्द्वको झलक देखिरहेको छ। विपक्षी देशहरूले आफ्नो रणनीतिक लक्ष्य हासिल गर्न प्रयास जारी राख्नेछन्।” नरवणेको भनाइ उधृत गर्दै बीबीसीले लेखेको छ “भारतले विभिन्न प्रकारका सुरक्षा चुनौतीहरूको सामना गरिरहेको छ । हामीले उत्तरी सिमानाहरूमा आधुनिक प्रविधिले सुसज्जित सक्षम सेनाहरू तैनाथ गर्न आवश्यक छ।”



    चीन र पाकिस्तानको नाममा सेना प्रमुख जनरल एमएम नरवणेले आणविक सक्षम छिमेकी, सीमा विवाद र राज्य प्रायोजित प्रोक्सी युद्धले सुरक्षा संयन्त्रका साथै स्रोतसामु चुनौति बढाएको बताएका ।

    हामीले भविष्यका द्वन्द्वका ट्रेलरहरू देखिरहेका छौं। सूचना क्षेत्र, नेटवर्क र साइबर स्पेसमा पनि यो दिनहुँ देखिरहेका छौं, उनले भनेका छन्, ‘विवादित र सक्रिय सीमानामा पनि यो खेल चलिरहेको उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार