Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • आजकाे माैसम: मेघगर्जनसहित पानी पर्ने सम्भावना

    आजकाे माैसम: मेघगर्जनसहित पानी पर्ने सम्भावना

    अनलाइन नेपाल
  • शुक्रबार, १९ बैशाख २०७७
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं। देशको पश्चिमी भूभागमा आज मौसममा पूर्ण बदली तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    केही स्थानहरुमा मेघगर्जन, चट्याङ्, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । शुक्रबार राति देशको पश्चिमी पहाडी भूभाग तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रहने छ ।



    पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र मध्य र पूर्वी भूभागका केही स्थानहरुमा शुक्रबार राति मेघगर्जन, चट्याङ्, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।



    हाल देशमा पश्चिमी वायु र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश भएको देखिएको महाशाखाले जनाएको छ ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान
    बैशाख १९ गते (शुक्रबार)

    दिउँसो : देशको पश्चिमी भू-भागमा पूर्ण बदली तथा मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

    राति : देशको पश्चिमी पहाडी भू-भाग तथा मध्य र पुर्वी भु-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र मध्य र पुर्वी भु-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

    बैशाख २० गते (शनिबार)
    दिउँसो : देशको पश्चिमी पहाडी भू-भाग तथा मध्य र पुर्वी भु-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

    राति : देशको पहाडी भू-भागमा सामान्य बदली तथा पुर्वी तराइ भू-भागमा आंशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पश्चिमी र पुर्वी पहाडी भूभागका केही स्थानहरुमा र मध्य भू-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ ।

    बैशाख २१ गते (आइतबार)
    दिउँसो : देशको अधिकांश भू-भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

    राति : देशको अधिकांश भू-भागमा सामान्य बदली रही पश्चिमी र मध्य भूभागका थोरै स्थानहरुमा र पुर्वी भु-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार