Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • कोरोना भाइरसको आशंकामा चार जना अस्पताल भर्ना

    कोरोना भाइरसको आशंकामा चार जना अस्पताल भर्ना

    अनलाइन नेपाल
  • सोमबार, १९ फाल्गुन २०७६
  • 2.8K
    SHARES

    काठमाडौं । चीन र दक्षिण कोरियाबाट फर्केका चार नेपाली कोरोना भाइरसको सं‌क्रमण आशंकामा अस्पताल भर्ना भएका छन् । एक जना चीन र तीन जना दक्षिण कोरियाबाट फर्केका व्यक्ति भएको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले बताए ।

    डा. बाँस्तोलाले यो नियमित प्रक्रिया रहेको भन्दै हालसम्म २३ जनालाई आइसोलेसन वार्डमा राखिएको बताए । आइतबार दिउँसो ३ बजेसम्म दुई जना र बेलुकी थप दुई जना टेकु अस्पताल पुगेका थिए ।



    डा. बास्तोलाले भने,’कोरोना प्रभावित देशबाट आएकाहरुलाई नियमित परीक्षण गरिएको हो ।’ भर्ना गरिएकाहरु सबै पुरुष हुन् । हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसको बताइएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार