Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • गृहमन्त्री खाणद्धारा ६ महिनामा गरेका कामहरूको विवरण सार्वजनिक (विवरणसहित)

    गृहमन्त्री खाणद्धारा ६ महिनामा गरेका कामहरूको विवरण सार्वजनिक (विवरणसहित)

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गृह मन्त्रालयले ६ महिनाको अवधिमा सम्पादन गरेका कार्यहरूको प्रगति विवरणहरु सार्वजनिक गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले कार्यकालमा भएका नीतिगत र कार्यगत प्रगति विवरण बिहीबार सार्वजनिक गरेका हुन् ।

    ७१ बुँदे प्रगति विवरणमा संस्थागत नीतिगत तथा कार्यविधिमा गरेका सुधार, प्रहरीभित्रका सुधार, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार व्यवस्थापन, सुरक्षा व्यवस्थापनमा र लागु औषध नियन्त्रणका लागि मन्त्रालयबाट भएका प्रगति समेटिएको छ ।



    यो अवधिमा गृह मन्त्रालयले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी भएको छ ।



    यस्तै अन्तर प्रदेश प्रहरी परिचालन निर्देशिकाको मस्यौदा तयार भएको, नेपाल प्रहरी र प्रदेश प्रहरीबीच अपराध नियन्त्रण र अनुसन्धान सहयोग समन्वयको कार्यविधि पनि तयार भएको उनले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार