Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • बालिका मृत्यु प्रकरण : झारफुकमा संलग्न ‘माता’ ठकुरी पुर्पक्षका लागि जेल चलान

    बालिका मृत्यु प्रकरण : झारफुकमा संलग्न ‘माता’ ठकुरी पुर्पक्षका लागि जेल चलान

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । झारफुक गर्ने क्रममा एक बालिकाको मृत्यु भएपछि पक्राउ परेकी माता भनिने उमा शाहीलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षको लागि जेल चलान गरिएको छ ।

    नागार्जुन नगरपालिका वडा नम्बर १ रानीवन पानीट्याङ्की बस्ने ‘माता’ भनिने ४८ वर्षीय शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बालिकाको हत्या आरोपमा पक्राउ परेकी अर्की एक नाबालिकालाई भक्तपुरको थिमीस्थित बाल सुधारगृह पठाउने आदेश दिएको छ ।



    अदालतको बिहीबारको आदेश अनुसार ठकुरीलाई पुर्पक्षका लागि कारागार विभाग जगन्नाथ देवल पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनाली जानकारी दिए ।



    ४८ वर्षीया ठकुरीले काठमाडौंको नागार्जुन नगरपालिका-१ रानीवनस्थित पानीट्याङ्की नजिक भाडाको घरमा झारफुक गर्दै आएकी थिइन् ।

    उनको घरमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-२ कि १४ वर्षीया बालिका बेहोस अवस्थामा २४ पुसमा फेला परेकी थिइन् । बेहोस अवस्थामा बालिकालाई उद्दार गरी उपचारका लागि मनमोहन मेमोरियल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार