Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • श्रम मन्त्रालयद्धारा म्यानपावर कम्पनीलाई वर्गीकरण गर्न कार्यदल गठन

    श्रम मन्त्रालयद्धारा म्यानपावर कम्पनीलाई वर्गीकरण गर्न कार्यदल गठन

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 891
    SHARES

    काठमाडौं । सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई वर्गीकरण गर्ने भएको छ ।

    वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउनको लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कम्पनीलाई वर्गीकरण गर्ने भएको हो ।



    म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न मन्त्रालयका सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।



    बिहीबार गठन भएको कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यानपावर कम्पनीका प्रतिनिधि सदस्य रहेको बताइएको छ ।

    नेपालमा अहिले करिब ८ सय ६० वटा म्यानपावर कम्पनी सञ्चालनमा रहेको तथ्याङ्क छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार