Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • ७ लाखमाथिका कारोबारको स्रोत खुलाउन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

    ७ लाखमाथिका कारोबारको स्रोत खुलाउन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरुको पूर्ण विवरण पठाउन निर्देशन दिएको छ । राष्ट्र बैंकको सुपरीवेक्षण विभागले बैंकहरुलाई पत्र काटेर उक्त निर्देशन दिएको हो । राष्ट्र बैंकले माघ २४ गतेसम्म उक्त विवरण पठाई सक्न बैंकहरुलाई निर्देशन दिएको हो ।

    उक्त निर्देशन अनुसार अब बैंकहरुले गत साउनदेखि पुससम्म भएका ७ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्नेको नाम, खाता नम्बरसहित रकम कहिले र किन निकालेको हो ? लगायत सबै विवरण राष्ट्र बैंकमा पठाउनुपर्ने भएको छ ।



    १० लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्न नपाइने अहिलेको नियम भएपनि अहिले भने राष्ट्र बैंकले ७ लाख रुपैयाँभन्दा माथिका सबै नगद कारोबारको विवरण मागेको हो । सुपरीवेक्षण विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाईले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारणको अवस्थाबारे गैरस्थलगत सुपरिवेक्षणको क्रममा यस्तो विवरण माग गरेको राष्ट्र बैंकको पत्रमा उल्लेख छ ।



    खासगरी पछिल्लो समयमा क्रिप्टोकरेन्सी लगायत गैरकानुनी डिजिटल कारोबारमा बैंकहरुको निक्षेप उपयोग भएको आशंकामा राष्ट्र बैंकले नगद कारोबारको विवरण मागेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार