Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • मधेस प्रदेशमा सीके राउतको किसान आन्दोलन, पूर्व–पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन

    मधेस प्रदेशमा सीके राउतको किसान आन्दोलन, पूर्व–पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    रामनारायण यादव / सप्तरी । किसान आन्दोलनको नेतृत्व गर्दै आइरहेको डा. सीके राउत नेतृत्वको (जनमत पार्टी)ले  पूर्व–पश्चिम राजमार्ग टायर बालेर प्रदर्शन गरिरहेको छ। जनमतको बन्द आह्वानपछि उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    आज (बिहीबार) विहानैदेखि राजमार्ग सुनसान देखिएको छ । केही स्थानीयबाहेक लामो दूरीका सवारी चल्न सकेका छैनन् । राजमार्ग अन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायतका ठाउँमा जनमतका कार्यकर्ताले सवारी आवागमनमा अवरोध गरेका छन् ।



    अहिलेसम्म तोडफोड र आगजनीका घटना भएको छैन । तर, पूर्वघोषित राजमार्ग बन्दको अवज्ञा गर्ने सवारी साधनमा तोडफोड र आगजनी गर्ने चेतावनी जनमतका कार्यकर्ताहरुले दिएका छन् । राजमार्ग खुलाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् ।



    किसानलाई मलखाद समयमा उपलब्ध गराउनुपर्ने, सिंचाईको व्यवस्था वा कृषि विजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदे माग राखेर जनमत पार्टी एक महिनादेखि आन्दोलनरत छ । अहिलेसम्म सरकारले समस्या समाधानका लागि ठोष पहल गरेको छैन ।

    आन्दोलनको सुरुवात समयमा पनि केहिदिन जनमतले राजमार्ग अवरुद्ध पारेको थियो । प्रहरीले भने बल प्रयोग गरेर खुलाएको थियो । सो बेला आन्दोलनकारीले सिरहा, धनुषा र सप्तरी गरी ४ वटा ट्रकमा आगजनी र सयौं सवारी साधनमा तोडफोड गरेका थिए ।

    आवश्यक तयारीका लागि भन्दै जनमतका कार्यकर्ताले राजमार्गबाट पछि हटेर केहि समय गाउँकेन्द्रित आन्दोलन गरे । त्यसपछि अहिले तयारीका साथ राजमार्ग अवरुद्ध पारेको उनीहरुको दावी छ । जनमत पार्टीले यसपल्टको आन्दोलन निर्णायक हुने बताउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार