एजेन्सी । भारत यु-१९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश छ । गएराति भएको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियालाई ९६ रनको फराकिलो अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।
जितका लागि भारतले दिएको २ सय ९१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४१ ओभर ५ बलमा १ सय ९४ रनमा समेटियो ।
अस्ट्रेलियाका लचलान शाले सर्वाधिक ५१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।
वेस्ट इन्डिजको कुलिज क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो ।
भारतका कप्तान यश धुल र शेख राशिदले उत्कृष्ट पारी खेले । फाइनलमा भारतले इङ्गल्यान्डसँग खेल्नेछ । फाइनल खेल भोलि हुनेछ ।
Leave a Reply