Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउन अवधिभर घरभाडामा छुट नदिए स्थानीय तहले कारवाही गर्ने

    लकडाउन अवधिभर घरभाडामा छुट नदिए स्थानीय तहले कारवाही गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, १९ बैशाख २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । लकडाउनका कारण समस्यामा परेका डेरावाललाई भाडा मागेर तनाव नदिन सरकारले आग्रह गरेको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले यस्ताे आग्रह गरेका हुन् । उनले विपतको बेला आर्थिक आयस्रोत गुमाएका भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई आग्रह गर्नुका साथै संयमता अपनाउनु पर्ने समय रहेकाे बताए।

    सरकारले घरधनीलाई लकडाउन अवधिभर भाडा नमाग्न र पछि वातावरण सहज भएपछि माग्न अनुरोध गरेको हो । कोभिड–१९ को विषम परिस्थितिसँग जुधिरहेकाहरुका लागि आर्थिक प्याकेज ल्याएको सरकारले एक महिनाको घरभाडाको छुट दिन समेत संबन्धित घरधनीहरुलाई अपिल गरेको छ ।



    यदि त्यसो नभएमा सरकारले कडाइका साथ अनुगमन गर्ने र आवश्यक परे कारबाही समेत अगाडि बढाउने जनाएको छ । यसको जिम्मा स्थानीय तहलाई दिने निर्णय सरकारले गरेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार