अछाम । जिल्ला अस्पताल अछामको आइसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका घर भएका ५१ वर्षीया महिलाको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय अछामका अनुसार तीन दिनअघि कोरोना भाइरस संक्रमणको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।
पिसिआर परीक्षणको लागि स्वाब संकलन गरेर सुर्खेत पठाइएको हुँदा रिपोर्ट आएपछि मात्रै उनमा कोरोना हो वा होइन भन्ने थाहा हुने जिल्ला अस्पताल अछामले जनाएको छ ।
Leave a Reply