Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • लकडाउन उल्लघंन गर्ने १७ सय ४८ जना नियन्त्रणमा

    लकडाउन उल्लघंन गर्ने १७ सय ४८ जना नियन्त्रणमा

    अनलाइन नेपाल
  • शुक्रबार, १९ बैशाख २०७७
  • 2.8K
    SHARES

    फाइल तस्विर

    काठमाडाैँ । काठमाडाैँ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ७६ महिलासहित १७ सय ४८ जनालाई नियन्त्रणमा लिएको छ । बिहीबार विहान ६ बजे देखि दिउसो ०४:०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।

    यसै गरी ६ सय ३४ वटा दुई पाङ्ग्रे र ५१ वटा चारपाङग्रे गरी ६ सय ८५ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडाैँमा सबै भन्दा बढी १३ सय २०, ललितपुरमा ३ सय ७५ र भक्तपुरमा ५३ जनालाई नियन्त्रणमा लिएको छ ।



    कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।



    लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उहाँले आग्रह गरे।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार