काठमाडौँ । राष्ट्रियसभा सदस्य एवं पूर्वनेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन् ।
सचिवालय स्रोतका अनुसार अबको केही दिनमै गौतमले नयाँ पार्टी खोल्न लागेका छन् । त्यसका लागि छिट्टै निर्वाचन आयोग जाने तयारी भइरहेको सचिवालयको भनाइ छ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मा गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको थियो । सरकारको सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मनोनित गरेकी थिइन्। गौतम ६ वर्षका लागि राष्ट्रिय सभा सदस्य बनेका हुन्।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी हुँदा गौतम सचिवालय सदस्य थिए । नेकपा विभाजनपछि उनी एमाले उपाध्यक्ष थिए । एमाले विभाजन भएपछि गौतमले उपाध्यक्षबाट राजीनामा दिएका थिए।
Leave a Reply