Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सामुदायिक वनमा प्रतिगमन भएको भन्दै प्रदर्शन, महासंघका अध्यक्षसहित १४ जना पक्राउ

    सामुदायिक वनमा प्रतिगमन भएको भन्दै प्रदर्शन, महासंघका अध्यक्षसहित १४ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १८ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी वृत्त सिंहदरबारले सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्षसहित १४ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा अध्यक्ष भारती पाठक, महासचिव बिर्ख बहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतम, सचिवालय सदस्य डोलकुमारी सापकोटालगायत रहेका छन् ।



    उनीहरुले मंगलबार बिहान संघीय वन नियमावलीको मस्यौदा खारेज गर्नुपर्ने मागसहित वन परिसर बबरमहलमा प्रदर्शन गरेका थिए।



    प्रदर्शनमा सहभागीहरुले सामुदायिक वनमा भइरहेको प्रतिगमन बन्द गर, संरक्षण क्षेत्रमा भइरहेको लैंगिक हिंसा बन्द गर, ‘वन्यजन्तु आतंक नियन्त्रण गरलगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

    उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार