काठमाडौँ । तत्काल चुनावको मिति घोषणा गर्नुपर्ने मागसहित प्रदर्शन गरेका अनेरास्ववियुका कार्यकर्ताले सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई कालो झण्डा देखाएका छन् ।
मंगलबार बिहान पुल्चोकस्थित मन्त्री निवासअगाडि प्रदर्शन गरेका नेकपा एमालेनिकट अनेरास्ववियुका कार्यकर्ताले मन्त्री कार्कीलाई कालो झण्डा देखाएका हुन् ।
प्रदर्शनका क्रममा उनीहरूले ‘स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर, चुनाव सार्न पाइँदैन भन्दै नाराबाजी समेत गरेका थिए ।
स्थानीय तहको चुनाव समयमै गर्नुपर्ने उनीहरुको माग छ।
Leave a Reply