काठमाडौं । प्रेस काउन्सिल नेपालले सामाचार सामग्री हुबहु सार्ने पत्रपत्रिकालाई कारबाही गरेको छ। काउन्सिलले पछिल्लो वर्षको वर्गीकरणमा ३४ वटा पत्रपत्रिकाले हुबहु सारेको भन्दै ती पत्रपत्रिकालाई वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय गरेको हो ।
दुई आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गर्दै काउन्सिलले पत्रपत्रिका वितरण संपरीक्षण समितिको प्रतिवेदनका आधारमा वर्गीकरण नतिजा प्रकाशन गरिएको विज्ञप्तिमार्फत जनाएको छ।
विभिन्न कारणले देशभरका पत्रपत्रिकाको वर्गीकरण झण्डै तीन वर्षदेखि सार्वजनिक हुनसकेको थिएन । नतिजाअनुसार आव २०७५/७६ को वर्गीकरणका लागि आवेदन दिने ८८३ (प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२) पत्रपत्रिकामध्ये ‘क’ वर्गमा २१९ पत्रपत्रिका वर्गीकृत भएका छन्।
यस्तै ‘ख’मा ४७६ पत्रपत्रिका, ‘ग’ मा १३७ पत्रपत्रिका र ‘घ’ वर्गमा १५ पत्रपत्रिका वर्गीकृत भएका छन् । वर्गीकरण भएकामध्ये १७९ दैनिक पत्रिका, तीन अर्धसाप्ताहिक पत्रिका र ५०१ साप्ताहिक पत्रिका वर्गीकृत भएका छन्।
यस्तै ११ पाक्षिक, ७३ मासिक पत्रिका, सातवटा द्वैमासिक पत्रिका र छवटा त्रैमासिक पत्रिका वर्गीकृत छन् । ५८ वटा साहित्यिक र नौवटा भाषाभाषीका पत्रिका पनि वर्गीकरणमा परेका छन्।
तोकिएअनुसार कागजात नपुगेका ११ र पत्रकार आचारसंहिता पालनामा जिम्मेवार नदेखिएका २५ वटा पत्रपत्रिका हुबहु रहेका छन्। ती पत्रपत्रिकाको वर्ग कायम गरिएको छैन । त्यस्तै आव २०७६÷७७ को वर्गीकरणका लागि आवेदन दिने ८७८ ९प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६०० पत्रपत्रिकामध्ये ‘क’ वर्गमा २३९ पत्रपत्रिका वर्गीकृत भएका छन् ।
यस्तै ‘ख’मा ४३१ पत्रपत्रिका, ‘ग’मा १६३ पत्रपत्रिका, वर्गीकरण भएका छन् । ‘घ’ वर्गमा कुनै पनि पत्रपत्रिका वर्गीकरण गरिएका छैनन् । वर्गीकरण भएकामध्ये १८० दैनिक पत्रिका, दुई अर्धसाप्ताहिक पत्रिका र ४८६ साप्ताहिक पत्रिका छन् । यस्तै १२ पाक्षिक, ७३ मासिक पत्रिका, छवटा द्वैमासिक पत्रिका र आठवटा त्रैमासिक पत्रिका वर्गीकृत छन् । ५७ वटा साहित्यिक र नौवटा भाषाभाषीका पत्रिका पनि वर्गीकरणमा परेका छन्।
तोकिएअनुसार कागजात नपुगेका ११ र पत्रकार आचारसंहिता पालनामा जिम्मेवार नदेखिएका ३४ वटा पत्रपत्रिका हुबहु रहेका छन् । ती पत्रपत्रिकाको वर्ग कायम गरिएको छैन।
काउन्सिलले नतिजामा चित्त नबुझे नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित थप सात दिनसम्म सुरुमा निवेदन दिँदाको दस्तुरको २५ प्रतिशत दस्तुरसहित पुनःयोग÷पुनःमूल्याङ्नका लागि निवेदन दिन सकिने जनाएको छ । पत्रपत्रिका वर्गीकरणको नतिजा प्रेस काउन्सिल नेपालको वेबसाइट र फेसबुक पेजमा समेत राखिएको छ।
पत्रकारितामा पछिल्लो समय आचारसंहिता उल्लङ्घनका घटना बढिरहेको काउन्सिलले जनाएको छ । कतिपय सञ्चारमाध्यमले गैरजिम्मेवार भई समाचार सम्प्रेषण गर्ने, हुबहु गर्ने, जथाभावी अडियो तथा भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने गरेको सम्बन्धमा काउन्सिलमा उजुरी बढेको विज्ञप्तिमा उल्लेख छ।
काउन्सिलले यसतर्फ गम्भीर भई स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित पत्रकारितामैत्री प्रेस काउन्सिल नेपालको नाराअनुसार आचारसंहिताको पूर्णपालना गर्न सम्पूर्ण पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
Leave a Reply