Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • एमाले अध्यक्ष ओलीविरुद्ध भक्तपुर सिडिओ कार्यालयमा उजुरी दर्ता

    एमाले अध्यक्ष ओलीविरुद्ध भक्तपुर सिडिओ कार्यालयमा उजुरी दर्ता

    अनलाइन नेपाल
  • सोमबार, १७ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता भएको छ ।

    ओलीले कोरोना संक्रमण फैलाएको भन्दै कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो ।



    संक्रामक रोग ऐन, २०२० अन्तर्गतको कसूर गरेको बताउँदै अभिजित अधिकारी र वीरेन्द्र मडैले हुलाकमार्फत् पठाएको उजुरी सोमबार दर्ता भएको हो ।



    २०७८ साल माघ १२ गते ओली आफू कोरोना संक्रमित हुँदाहुँदै एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको बालकोटस्थित रक्तदान कार्यक्रममा सहभागी भएर संक्रमण फैलाएको आरोप उनीहरुको छ।

    भएको के थियो ?
    गत माघ ९ गते पहिलोपटक कोरोना पुष्टि भएका एमालेका अध्यक्ष ओली संक्रमणको चौथो दिनमा नै सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए। एमालेको भ्रातृ संगठन युवा संघले बुधबार माघ १२ गते आयोजना गरेको रक्तदान कार्यक्रममा कोरोना संक्रमित ओली पुगेका थिए ।

    कार्यक्रममा सांसदसमेत रहेका एमाले स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटा, युवा संघका इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य महेश बस्नेत, युवा संघका अध्यक्ष किरण पौडेललगायत दर्जनौं नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

    ओलीले प्रशासनको आदेशलाई समेत वेवास्ता गरेको र सार्वजनिक स्थलहरुमा कोरोना फैलाउँदै हिँडेको भन्दै सामाजिक संजालहरुमा चर्को आलोचना समेत भइरहेको छ। उनीमाथि सामाजिक संजालहरुमा समेत संक्रामक रोग नियन्त्रण ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाहीको माग समेत गरिएको थियो।

    कोरोनासम्बन्धी प्रशासनको पछिल्लो नियम अनुसार यदी कोरोनाको लक्षण देखिए ५ दिन क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ । साथै, रिपोर्ट पोजेटिभ आएमा स्वास्थ्य अवस्था हेरेर आइसोलेसन बस्नेदेखि रिपोर्ट नेगेटिभ नआएसम्म सार्वजनिक स्थानमा निस्किन पाइदैन । ओलीले उक्त नियम उलंघन गरेर प्रशासनकै खिल्ली उडाएको आरोप छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार