एजेन्सी । अमेरिका-क्यानडा सीमा पार गर्ने ट्रक चालकहरूका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरिएपछि त्यसको विरोधमा भएको छ । जसका कारण क्यानडाको राजधानी दोस्रो दिन पनि ठप्प भएको हो ।
राजधानी ओटावामा ‘फ्रिडम कन्भोई’ भनिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारीहरू सहभागी भएका छन्। उक्त प्रदर्शनसँग सम्बन्धित ठानिएका स्वस्तिक चिह्न अङ्कित झण्डा देखाइएको र एकजना अज्ञात सैनिकको चिहानमा महिला नाच्दै गरेको लगायतका भिडिओ फुटेजबारे प्रहरीले अनुसन्धान थालेको छ।
रक्षामन्त्री अनिता आनन्दले ती घटनाहरू ‘निन्दनीयभन्दा पनि माथि’ भएको बताइन्। ओटावा प्रहरीले ट्वीट गर्दै राजधानी सहरका स्मारकहरूलाई ‘अपवित्र’ पारेको बिषयमा अनुसन्धानहरू थालिएको जनाएको छ ।
त्यस्तै उसले प्रहरी, नगर कर्मचारी र अन्य व्यक्तिहरूमाथि दिइएको ‘धम्की’ र गरिएको धम्कीपूर्ण व्यवहारूको पनि अनुसन्धान गरिरहेको जनाएको छ।
कतिपय प्रदर्शनकारीहरुले देशव्यापी रुपमा अनिवार्य गरिएको खोपलाई अन्त्य गर्नुपर्ने माग राखेका छन् । प्रदर्शनकारीले कोरोनाको खोप लगाउनै पर्ने आग्रहलाई फाँसीवादसँग तुलना गरेका छन् ।
प्रदर्शन चर्किएर हिंसात्मक घटना हुनसक्ने आशङ्का गर्दै त्यहाँको प्रहरीले उच्च सतर्कता अपनाएको छ ।
Leave a Reply