Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • भीम रावलको प्रश्न : विदेशी दबाब सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रधानमन्त्री कि विदेशीको ?

    भीम रावलको प्रश्न : विदेशी दबाब सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रधानमन्त्री कि विदेशीको ?

    अनलाइन नेपाल
  • सोमबार, १७ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विदेशी दवाव सामु घुँडा टेक्ने नेपालीको प्रधानमन्त्री कि विदेशको भन्दै जवाफ दिन माग गरेका छन् ।

    उनले गएराति ट्वीट गर्दै एमसीसी पारित गर्न देउवाले दबाब दिएर गठबन्धन सरकार नै भंग गरिदिने धम्की दिएको उल्लेख गर्दै गम्भीर प्रश्न उठाएका हुन् ।



    रावलले एमसीसी चाहिन्न भनेर नेपाली जनमत रहेको दाबी गर्दै देउवाले त्यसलाई बेवास्ता गरेर विदेशी दबाब सामु घुँडा टेकेको आरोप लगाए ।



    उनले लेखेका छन्, ‘एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दबाबलाई बेवास्ता गर्ने तर विदेशी दबाब सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रधानमन्त्री कि विदेशीको ?’ रावल एमसीसीको विपक्षमा उभिदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार