एजेन्सी । भारतको चर्चित टेलिभिजन रियालिटी सो बिग बोस-१५ को उपाधि तेजस्वी प्रकाशले जितेकी छिन् ।
आइतबार राति भएको फिनालेमा प्रतीक सहजपाल, करण कुद्रा र निशान्त भट्टलाई पछि पार्दै तेजस्वीले १५ औं सिजनको बिग बोसको उपाधि हात पारेकी हुन् ।
उपाधिसँगै उनले पुरस्कार स्वरूप ४० लाख भारु प्राप्त गरेकी छन् ।
कलर्स टिभीमा प्रसारण भएको उक्त सोको फाइनलमा करण कुन्द्रा, तेजस्वी प्रकाश, प्रतीक सहजपाल, शमिता शेट्टी र निशान्त भाट पुगेका थिए ।
सबै शीर्ष पाँच फाइनललाई १० लाखको मूल्यको साथ एक सूटकेस प्रस्ताव गरिएको थियो ।
Leave a Reply