Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • मधेसी आयोगले सरकारलाई भन्यो : आन्दोलनरत किसानहरुका माग तत्काल पूरा गर

    मधेसी आयोगले सरकारलाई भन्यो : आन्दोलनरत किसानहरुका माग तत्काल पूरा गर

    अनलाइन नेपाल
  • आइतबार, १६ माघ २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । मधेसी आयोगले तराई–मधेसका किसानका मागहरुलाई सम्बोधन गर्न आग्रह गरेको छ ।

    केही समययता आन्दोलनरत तराई–मधेसका किसानका मागहरुलाई सम्बोधन गर्न आयोगले सरकारलाई आग्रह गरेको हो ।



    आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले बीउ मलसहितका सामग्री समयमै उपलब्ध गराउन माग गर्दै आन्दोलन गरिरहेका किसानको माग व्यवस्थापन गरिदिन तीनै तहका सरकारलाई अपिल गरेको छ ।



    त्यस्तै बेचिएको उखुको मूल्य अविलम्ब उपलब्ध गराई किसानहरुको समस्या समाधन गर्नुपर्ने राज्यको प्रथम दायित्व रहेकोले सो समस्याको समाधान गरिदिन पनि आयोगले सरकारसँग आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार