काठमाडौं । पोखराबाट एक किलो ८ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । वैधरुपमा लुकाइछिपाइ ल्याएको सुनसहित पोखरा–१५ रामबजार बस्ने रमेश सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंबाट माइक्रो बसमा पोखरा जाने क्रममा पोखरा–३० पावरहाउसबाट गएराति उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
अवैधरुपमा सुनको ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय गगनगौंडाबाट संयुक्त टोली खटिएको थियो ।
साथै उनको साथबाट विभिन्न बैंकका ३ थान चेक बुकसमेत प्रहरीले बरामद गरेको छ । उनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
Leave a Reply