काठमाडौं । सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ ।
त्यसका लागि उक्त उमेर समूहका बालबालिकाका लागि लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रिया अगाडि बढाइएको छ ।
कोरोना संक्रमणको उच्च जोखिममा बालबालिका पनि पर्ने भएकाले सरकारले ११ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै फाइजर खोप ल्याउन प्रक्रिया शुरू गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।
हाल नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना तथा फाइजर खोप दिइएको छ । यी दुवै खोप अमेरिकाले उत्पादन गरेका हुन् । गोरखापत्र दैनिकमा समाचार छ ।
Leave a Reply