Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • चन्द समूहका केन्द्रीय सदस्य पक्राउ

    चन्द समूहका केन्द्रीय सदस्य पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १८ बैशाख २०७७
  • 1.4K
    SHARES

    फाइल फोटो

    वीरेन्द्रनगर । प्रहरीले नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्य बालाराम सुनारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनारलाई आज घरबाटै पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले लकडाउनमा घरमा आएर लुकीछिपी बसेको सूचना पाएपछि वीरेन्द्रनगर–४ स्थित घरबाट सुनारलाई पक्राउ गरिएको जानकारी दिए ।



    प्रहरीका अनुसार सुनारमाथि दुई महिनाअघि पश्चिम सुर्खेतमा प्रहरीसँग आक्रमण तथा जबरजस्ती चन्दा असुलीमा संलग्न रहेको लगायतका आरोप छन् । सुनार सो समूहका पूर्वजिल्ला इञ्चार्जसमेत रहेको बताइएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार