Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • एमालेको समन्वय संयन्त्रले वैशाखभित्रै स्थानीय तहको चुनाव गराउन आन्दोलन गर्ने (विज्ञप्तिसहित)

    एमालेको समन्वय संयन्त्रले वैशाखभित्रै स्थानीय तहको चुनाव गराउन आन्दोलन गर्ने (विज्ञप्तिसहित)

    अनलाइन नेपाल
  • शनिबार, १५ माघ २०७८
  • 999
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रले वैशाखभित्रै स्थानीय तहको चुनाव गराउन सरकारलाई दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ ।

    शनिबार भक्तपुरमा बसेको संयन्त्रको बैठकले ‘स्थानीय तहको चुनाव तुरुन्त गर–संविधान र लोकतन्त्रको रक्षा गर’ भन्ने नारा तय गर्दै आन्दोलनलाई अगाडि बढाउने निर्णय गरेको हो ।



    जनप्रतिनिधिहरूको पदावधि पाँच वर्ष पुग्नुअघि चुनाव गरिसक्नुपर्ने संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न संयन्त्रले माग गरेको छ ।



    बैठकले वैशाखभित्रै सम्मन्न गर्ने गरी सरकारले निर्वाचनको मिति घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको संयन्त्रका संयोजक भानुभक्त ढकालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार