Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • आगामी स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु

    आगामी स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु

    अनलाइन नेपाल
  • शनिबार, १५ माघ २०७८
  • 1.7K
    SHARES

    फाइल तस्विर फाइल फोटो

    काठमाडौं । स्थानीय तहको चुनावका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको बैठकमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ । बैठकमा आगामी निर्वाचनबारे छलफल भइरहेको बुझिएको छ ।



    शुक्रबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो । आजको बैठकका मुख्य एजेन्डा स्थानीय तह निर्वाचन कहिले गर्ने भन्ने हो ।



    आज बसेको गठबन्धनको बैठकले निर्वाचनबारे निर्णय गर्ने सम्भावना छ। निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्नेगरी कार्तिकदेखि मिति तोक्न पटक(पटक ताकेता गर्दा पनि सत्ता गठबन्धन तयार नहुँदा मिति घोषणा भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार