काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जनसंगठन समन्वय सयन्त्रको बैठक आज बस्ने भएको छ ।
आज दिउँसो ३ बजे भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा समन्वय संयन्त्रको बैठक बस्न लागेको हो ।
२२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू सहभागी हुने प्रचार विभागका सदस्य विष्णु रिजालले जानकारी दिए । बैठक कोभिड रोकथामको सतर्कता अपनाएर हुने उनले बताए ।
एमालेले १० औं महाधिवेशनपछि जनसंगठन समन्वय संयन्त्र निर्माण गरेको थियो । संयन्त्रका संयोजक भानुभक्त ढकाल रहेका छन्।
Leave a Reply