Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • वडाध्यक्ष न्यौपानेमाथि कुटपिट, उपचारका लागि काठमाडाैं ल्याइयाे

    वडाध्यक्ष न्यौपानेमाथि कुटपिट, उपचारका लागि काठमाडाैं ल्याइयाे

    अनलाइन नेपाल
  • बिहिबार, १८ बैशाख २०७७
  • 4.9K
    SHARES

    काठमाडाैँ । कालीकोटको एक वडाध्यक्षमाथि गम्भीर रूपमा कुटपिट भएको छ । पचालझरना गाउँपालिका-१ का अध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट भएको हो । घाइते वडाध्यक्षलाई उपचारका लागि एम्बुलेन्सनमा कोहलपुर मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।

    बुधबार दिउँसो स्थानीयको कुटपिटबाट गम्भीर घाइते भएका वडा अध्यक्ष न्यौपानेको कोहलपुर शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि बिहीबार काठमाडौं रेफर गरिएको हो । टाउकोमा गम्भीर चोट लागेका वडा अध्यक्ष न्यौपानेको कोहलपुर मेडिकल कलेजमा उपचार हुन नसकेको र थप उपचारका लागि काठमाडौं लगिएको वडा अध्यक्ष न्यौपानेकी बुहारी दुर्गा न्यौपनेले बताइन् ।



    घटनामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय पचालझरनाले स्थानीय २० वर्षीय पारस न्यौपाने, २१ वर्षीय उमेश न्यौपाने, २२ वर्षीय तिलक न्यौपाने, २० वर्षीय जनक न्यौपाने र १९ वर्षीय कमल न्यौपानेलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख श्याम ओलियाले बताए । उनीहरूलाई इलाका प्रहरी कार्यालय पचालझरनाले नियन्त्रणमा लिएर जिल्लामा पठाएको हो।



    मन्दिर निर्माणका लागि गठन भएको उपभोक्ता समितिको विषयलाई लिएर वडाध्यक्षमाथि कुटपिट भएको हो । बुधबार साँझ वडाको बैठक सकेर फर्किने बेला युवकको समूहले उपभोक्ता समितिको विषयमा वडा कार्यालयका सहयोगी प्रकाश न्यौपानेलाई कुटपिट गर्न खोज्दा छुुट्याउन गएका अध्यक्षमाथि कुटपिट भएको गाउँपालिका अध्यक्ष खड्ग सेजुवालले बताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार