काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमाथि लगाइएको जोरबिजोर प्रणाली हटेको भएको छ ।
उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठकले गएराति १२ बजेबाट लागू हुने गरी जोरबिजोर हटाउने निर्णय गरेका हुन् ।
माघ ७ गतेबाट लागू भएको जोरबिजोर प्रणाली हिजो राति १२ बजेबाट हटेको काठमाडौँका सिडिओ गोविन्दप्रसाद रिजालले जानकारी दिए ।
तर, निजी र ट्याक्सीजस्ता सवारीसाधनमा भने जोरबिजोर कायमै राखिएको छ। यसअघि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पनि सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो ।
जोरबिजोर प्रणाली लागू गर्दा सडकमा कम सवारी साधन कुद्ने र जसले गर्दा कोचिएर हिँड्नु पर्ने अवस्था आएको भन्दै विरोध भएको थियो ।
Leave a Reply