Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सांसद अपहरण प्रकरणः यादवले दिए मानव अधिकार आयोगमा उजुरी

    सांसद अपहरण प्रकरणः यादवले दिए मानव अधिकार आयोगमा उजुरी

    अनलाइन नेपाल
  • बिहिबार, १८ बैशाख २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । सांसद डा. यादवले आफूलाई अपहरण गरेको भन्दै आयोगमा उजुरी दिएका हुन् ।

    यादवले नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध आयोगमा उजुरी दिएकाे बताए। बुधबार आयोग कार्यालय पुगेका डा. यादवले सदस्य प्रकाश वस्ती र मोहन अन्सारीसँग भेट गरी उजुरी पत्र दिएका हुन् ।



    उनीहरूले सांसद अपहरण काण्डपछिको विकसित घटनाक्रमका आधारमा आरोपीहरू र राज्यबाट जुनसुकै बेला जे पनि हुनसक्ने भन्दै जीवनरक्षा र घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।



    यसअघि उनको उजुरी जिल्ला सरकारी कार्यालय काठमाडौं र काठमाडौं प्रहरीले लिन अस्वीकार गरेको थियो । डा यादवले आफूलाई अपहरणको शैलीमा महोत्तरीबाट काठमाडौं ल्याएको बताउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार