Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • खैरो हेरोइनसहित एकजना पक्राउ

    खैरो हेरोइनसहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 1.1K
    SHARES

    बारा । बारामा खैरो हेरोइनसहित एकजना पक्राउ परेका छन् ।

    जिल्लाको विश्रामपुर गाउँपालिका १ बटम चोकबाट भारत विहार, जिल्ला मोतिहारी, थाना हरपुर, ग्राम पञ्चायत हरपुर वडा नम्बर १२ ग्राम रामपुर बस्ने वर्ष ३२ का नवाब हुसेनलाई प्रहरीले पक्राउ गरेको हो ।



    सीमा प्रहरी चौकी छतवा बाराबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।



    हुसेनले चलाई ल्याएको भारतीय नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको भाइजरको भागमा लुकाई छिपाई राखेको अवस्थामा २१ ग्राम अवैध लागू औषध खैरो हेरोइन फेला परेको उनले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार