काठमाडौँ । महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर, बैदेशिक रोजगार र ठगी मुद्दाका फरार आरोपीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाजुरा बुढीनन्दा न.पा-१ घर भइ हाल काठमाडौँ बुढानिलकण्ठ बस्ने ४४ बर्षीय बिष्णु बहादुर कार्की रहेका छन् ।
महाशाखाका अनुसार उच्च अदालत पाटनको विसं २०७७ माघ ०६ गतेको फैसलापछि ७ दिन कैद र बिगोबमोजिम २७ लाख जरिवानापछि फरार रहेका उनी बिहीबार दिउँसो बुढानिलकण्ठबाट पक्राउ परेका हुन्।
यस्तै, कार्कीलाई जिल्ला अदालत काठमाडौँले २०६० पुष १० गते बैदेशिक रोजगार मुद्धामा ३ बर्ष कैद र दुई लाख पचास हजार जरिवाना साथै बैकिङ् कसुर मुद्धामा १ बर्ष कैद र एक लाख उन्नसाठी हजार जरिवाना तोकेको थियो।
पक्राउ परेका गुरुङलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको महाशाखाले जनाएको छ।
Leave a Reply