काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि नयाँ राजदूतको नियुक्ति गरेकी छन् । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा ज्ञानचन्द्र आचार्यलाई राजदूत पदमा नियुक्ति गरेकी हुन्।
‘राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्युले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
हेर्नुहोस् विज्ञप्ति:
Leave a Reply