Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सुपरभाइजरको कीर्ते नियुक्तिमा ठगी, दुई लाख ठगीको आरोपमा २५ वर्षीय युवक पक्राउ

    सुपरभाइजरको कीर्ते नियुक्तिमा ठगी, दुई लाख ठगीको आरोपमा २५ वर्षीय युवक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 1.4K
    SHARES

    रामनारायण यादव/ जनकपुरधाम  । कीर्ते नागरिकता, कीर्ते लालपूर्जासहित अन्य कीर्ते कागजातको बिषयमा धेरैले सुनेकै होला । तर, अब कीर्ते नियुक्ति पत्र पनि तयार हुने गरेको पाइएएको छ ।

    कीर्ते नियुक्ति पत्र दिएर व्यक्तिसँग रकम ठगी गर्ने एक युवक धनुषाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको धनौजी गाउँपालिका १ बस्ने २५ बर्षीय शहादत्त राइन छन् । उनलाई जनकपुरधाम उपमहानगरपालिका २ स्थित कदम चोकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



    राइनले गाउँकै तीन जना युवकलाई सडक डिभिजन जनकपुर प्रदेश २ को कीर्ते नियुक्ति पत्र दिएर २ लाखका दरले ठगी गरेको पाइएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी दिपक कुमार रायले बताए ।



    धनौजी गाउँपालिका १ बस्ने २० बर्षीय पारस कुमार पासवान, १९ बर्षीय बबलु पासवान र दिपेश पासवानलाई उक्त कार्यालयको आइटी सुपरभाइजर पदको नियुक्ति पत्र, मासिक तलव र सो सम्बन्धी सम्झौता पत्र दिएर २ लाख रुपैयाँका दरले ठगी गरेको पाइएको रायले बताए ।

    राइनले दिएको नियुक्ति कीर्ते रहेको पाइएपछि पारस पासवान समेतले जिल्ला प्रहरी कार्यालयमा किर्ते ठगी शिर्षकमा जाहेरी दरखास्त दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

    राइनलाई जिल्ला अदालतबाट सरकारी छाप कीर्ते र ठगी मुद्दा शिर्षकमा १० दिनको म्याद थप गराई अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार